पोखरामा अमेरिकलन डलरको बिचमा नेपाली रुपैयाँ राखेर ठगी गर्ने प्रकाउ
पाेखरा | फागुन ६, २०८०
पोखरा: पोखरामा अमेरिकन डलरको बिचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा मेगबहादुर तामाङलाई प्रहरीले प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले सिन्धुपाल्चोक बाह्रविसेका ३१ वर्षीय तामाङलाई हिजो (शनिबार) पोखरा–१८ खपौदीबाट प्रकाउ गरेको हो ।
सिन्धुपाल्चोक बाह्रविसे घर भई पोखरा घुम्न आएका तामाङलाई अमेरिकन डलरको बिचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
प्रकाउ परेका तामाङको साथबाट प्रहरीले अमेरिकन डलर ५० को ५ थान, नेपाली २० रुपैयाँको ४ सय ५० थान रुपैयाँ बरामद गरेको छ ।
प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरे अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

